नुवाकोटकि ११७ वर्षीयाको बाटुलीको जीवनकथाः एकमात्र छोरो बचाउन थानसिङ यात्रा

Posted on: 13 May, 2019

वैशाख ३०, काठमाडौं | छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो । 

त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुगे । 

अहिले ११७ वर्ष टकेकी बाटुलीेले शनिवार उनकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाए । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भने, “ आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।” 

उनका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!