नेपाल दूरसञ्चार प्राधिकरणद्वारा समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

Posted on: 17 May, 2019

जेठ ३, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । 

नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो । 

यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्य परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।


- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!