बदला लिंदै विप्लव समूह

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौँ | आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको बदला लिनको लागि प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउँ-ठाउँमा बम समेत राखे ।

प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पार्यो । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । 

राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा एक दर्जन भन्दा बढी बिप्लव समुहका कार्यकर्ता पक्राउ परेको  उनले बताए   । 

यता सशस्त्र प्रहरी बलले पनि बिप्लव समुहका कार्यकर्तालाई हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ गरेको छ । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!