प्रहरीलाई छक्याएर ५० लाख कमाउने योजना विफल

Posted on: 01 Jun, 2019

जेठ १८, मकवानपुर | हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो ।

घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरी भन्दै प्रहरीमा उजुरी पर्यो । सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलन मार्फत मिडियाबाजी समेत गरेका थिए ।

जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाल घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए ।

सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए । 

- यो समाचार आजको नागरिक दैनिकमा अशोकसुजन श्रेष्ठले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!