मन्त्री र सभापतिबीच बैठकमै भनाभन

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौँ | विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ । 

बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जवाफ दिनुपर्छ भन्ने नभएकाले बैठकको प्रक्रियाको विषयमा असन्तुष्टी जनाएका थिए । 


मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्यौलमा परेका थिए । सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएका थिए । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!