४४ नेपाली महिला चीनमा बिचल्ली, चीन पुगेका म्यानपावर सञ्चालकले दिए चीनमै बस्न दबाब

Posted on: 08 Jul, 2019

असार २३, काठमाडौँ | लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ ।

काठमाडौँ पिंगलास्थानमा कार्यालय रहेको सो म्यानपावर कम्पनीले ती महिलाहरुलाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो ।

केही दिनअघि चीनमा नेपाली ४४ महिला बिचल्लीमा परेको समाचार नागरिक दैनिक पत्रिकामा छापिएपछि कम्पनी सञ्चालक गिरिराज घिमिरे र राम कार्की शनिबार चीनको ल्याउनिङ आएका छन् । 

घिमिरे र कार्कीले आइतबार समूह-समूहमा नेपाली महिलासँग कुरा गरेर चीनमै बस्न दबाब दिएका हुन् । 

- यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!