नेपालबाट जापान उडान तालिका सार्वजनिक

Posted on: 08 Jul, 2019

असार २३, काठमाडौँ | नेपाल वायुसेवा निगमले काठमाडौँ–ओसाका–काठमाडौँ उडान तालिका सार्वजनिक गरेको छ । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहिबेर स्थगन गरिने भएको छ ।

निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान उडान गर्दैछ । विमानस्थलमा दोस्रो चरणको मर्मत कार्य मनसुन सकिएपछि भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुनेछ ।

जापान उडानको तालिका र विमानस्थल मर्मत सम्भारको समय जुधेपछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई उडानका क्रममा काम रोक्न आग्रह गरेको थियो । भदौ १६ देखि दोस्रो चरणको मर्मत कार्य सुरु हुनेछ । 

नेपाल वायुसेवा निगमले आफ्नो उडान जापान भर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य स्थगन हुनेछ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् । 


जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएपछि सोहि अनुमतिको आधारमा आगामी भदौ १२ देखि आफ्नै वाइडबडीमार्फत जापान उडान भरिनेछ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो । नेपालबाट सिधा जापान उडान भर्ने भएपछि जापानमा अध्ययन तथा कामको शिलशिलामा पुगेका हजारौं नेपालीहरुलाई सहज र सस्तो हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!