श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

Posted on: 22 Aug, 2019

भदौ ५, धादिङ | धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । 

घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।


बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको धादिङ प्रहरीले जनाएको छ । 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनीष दुवाडीले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!