अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा

Posted on: 23 Jul, 2016

साउन ८, भैरहवा | अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारढा नेपालका रुपन्देही र कपिलबस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ। 

सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो । भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार र्दै सडक उच्च र पक्कि बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे।

बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसानसंघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए। - अन्नपूर्ण पोष्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!