चीनसँगको कोरला नाका भदौ ४ गतेदेखि खुल्ने

Posted on: 13 Aug, 2016

साउन २९, काठमाडौं । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।

वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

‘सीमाको गेट भदौ ४ गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन ।’ उनका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो ।

मुस्ताङको लोमाथाङ गाविसका सचिव ज्ञानेन्द्र विष्टका अनुसार चिनियाँहरुले खबर गरेर यताका स्थानीयलाई किनमेलका लागि डाकेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै खोलिएको गाविस सचिव विष्टले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!