भैंसीलाई पनि सुत्केरी भत्ता !

Posted on: 25 Aug, 2016

भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्लयले भैसीलार्इ ‘सुत्केरी भत्ता’ दिने गरेको छ । भर्खरै जन्मिएका पाडापाडी मासुको लागि किन–बेच हनु थालेपछि त्यसलार्इ निरुत्साहित गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको कायार्लयले जनाएको छ । 

कार्यक्रम अनसुार हरेक भैसीले एउटा पाडो वा पाडी जन्माए बापत ५ सय रुपैया पाउँछ । तर, त्यसका लागि किसानले केही सर्त मान्नैपर्छ । भैसीले   पाडापाडी जन्माएको र त्यसलार्इ कृत्रिम गर्भाधान गराएको प्रमाण जिल्ला पशु कार्यालय वा पायक पर्ने पशुसेवा कार्यलयमा पेस गर्नुपर्छ ।

पशु विकास अधिकतृ विष्णबुहादुर पाण्डेले भने, ‘पोहोरको कार्यक्रमबाट २५ किसानले यो सुबिधा लिए । भैसीलार्इ  सुत्केरी भत्ताको कार्यक्रम यो वर्ष पनि निरन्तर छ ।’  कायार्लयले यो सिबिधा दिन थालेपछि केही किसानमा सकारात्मक प्रभाव परेको छ । 

कार्यक्रम पहिलो बर्षनै प्रभावकारी बनेपछि अझ ब्यबस्थित गरि निरन्तरता दिन पशु कायार्लयले तयारी गरेको छ । - कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!