बागलुङको १० नम्बर ईलाकालाई नगरपालिका बनाउन माग

Posted on: 20 Oct, 2016

कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ  । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले माग गरेका छन् । 

जिल्ला प्राविधिक समितिको सिफारिस नमान्ने भन्दै आएका उनिहरुले बुर्तिबाङ नगरविकास समितिको आयोजनामा भएको सर्वदलिय वैठकमा यस्तो धारणा राखेका हुन् । 

बैठकले ईलाका नम्वर–१० मा पर्ने बुर्तिबाङ, अधिकारीचैर, बोबाङ र राजकुत गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गर्दै त्यसका लागि दवाप दिन सांसाद ज्ञानकुमारी छन्त्यालको संयोजकत्वमा सर्वदलिय डेलिकेशन समिति गठन गरेको छ । तर यस अघि नै जिल्ला प्राविधिक समितिले बुर्तिबाङ सहित बोबाङ, अधिकारीचौर, तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविसलाई समेटेर ढोरपाटन गाउँपालिका बनाउने गरि स्थानिय निकाय पुनर्सँरचना आयोगमा प्रतिवेदन पठाएको छ ।

मापदण्ड पुगेपनि नगरपालिका सिफारि नभएको भन्दै यहाँका राजनैतिक दलले विगतदेखि नै विकाशमा पछि परेको निर्वाचन क्षेत्र नम्बर–३ लाई नगरपालिका नदिने षड्यन्त्र भएको आरोप लगाएका छन् । नेकमा माओवादी केन्द्रका चन्द्र अर्यालले जिल्ला प्रविधिक समितिको निर्णय नमान्ने भन्दै पछिल्लो पटक ईलाकालाई समेत आधार मानेर स्थानिय निकायको संख्या बढाउने गरि पक्रिया अघि बढेकोमा अब पनि नगरपालिका नबनाए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।  

तिहार लगत्तै मुख्य राजनैतिक दलका नेतृत्व, नेपाल सरकार तथा स्थानिय निकाय पुनर्सँरचना आयोगमा दवाबका लागि डेलिकेशन जाने निर्णय भएको छ । बैठकमा विभिन्न विकल्पको बारेमा छलफल भएपनि उयुक्त विकल्प ईलाका नम्बर–१० लाई समेटेर नगरपालिका बनाउने निर्णय भएको बुर्तिबाङ नगरविकाश समितिका अध्यक्ष अर्जुन सेरचनले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!