बागलुङमा एक नगरपालिका सहित १० गाउँपालिका बनाउने प्रस्ताव

Posted on: 05 Nov, 2016

कृष्ण कँडेल । कात्तिक २०, बाग्लुङ | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति बागलुङले दोस्रो पटक जिल्लामा ११ वटा स्थानीय निकायको प्रस्ताव तयार गरेको छ । 

प्राविधिक सहयोग समितिले एक नगरपालिका र १० वटा गाउँपालिका रहने गरी नयाँ प्रस्ताव हिजो जिल्लामा क्रियाशिल राजनीतिक दलहरुबीच छलफलको लागि प्रस्ताव गरेको हो । पहिलो पटक जिल्लामा एक नगरपालिका र ६ गाउँपालिका रहने गरी आयोगमा पठाइएको प्रस्तावमा विभिन्न गाविसबाट सच्चाउनु पर्ने माग आए पछि पुर्नविचार गरी नयाँ प्रस्ताव छलफलको लागि प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नयाँ प्रस्ताव अनुसार बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा ४ ओटा गाउँपालिका प्रश्ताव गरिएको छ । बुर्तिबाङ गाविस रहने स्थानिय निकायलाई फेरी पनि गाउँपालिका नै सिफारिस गरिएको छ । ईलाका नम्बर–१० मा भिमगिठे र दर्लिङ राखेर एउटा गाउँपालिका प्रश्ताव गरिएको छ । 

बूर्तिवाङ्ग गाविस पर्ने स्थानिय गाउँपालिकामा बुर्तिबाङ, अधिकारीचौर, बोवाङ्ग, र राजकुत गाविसमा भिमगिठे र दर्लिङ्गलाई पनि राखिएको छ । यो गाउँपालिकामा ३७ हजार एक सय ७३ जनसंख्या रहेको प्रश्तावमा उल्लेख छ ।  ईलाका नम्बर–१२ मा पर्ने तमानखोलालाई गाउँपालिका प्रश्ताव गरिएको छ । खुंगा, खुंखानी, बोङ्गादोभान, तमान गाविस रहने गाउँपालिकामा १४ हजार ३ सय ३२ जनसंख्या रहेको छ ।  

ईलाका नम्बर–१३ मा पर्ने निसीखोलामा तिनओटा गाविस राखेर गाउँपालिका प्रश्तव भएको छ । यो गाउँपालिकामा निसी, बोहोरागाउँ, देवीस्थान गाविसलाई प्रस्ताव गरिएको छ ।

यस गाउपालिकामा २० हजार ६ सय ११ जनसंख्या रहेको बताइएको छ ।

सिसाखानी, दगातुन्डाँडा, जलजला, ग्वालीचौर, रणसिंहकिटेनी, रिघा र पाण्डवखानी ७ ओटा गाविसलाई समेटेर अर्को गाउँपालिका प्रश्ताव गरिएको छ ।  यस अघि गलकोट नगरपालिकामा राखिएका रिघा र पाण्डवखानी गाविस यो प्रश्तावमा एता परेका छन् । यो गाउँपालिकामा २५ हजार ६६ जनसख्या रहेको छ ।  

यस्तै, यसअघि गलकोट नगरपालिका बनार्ईका गाविस अहिले ३ ओटा गाउँपालिकामा परेका छन् । हटिया, काँडेवास, मल्म, हरिचौर, नरेठाँटी, दुदिलाभाटी लाई पनि गाउँपालिका प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा २६ हजार  सय ९५ जनसंख्या रहको छ । माथिल्लो गलकोटको तारा, अर्गल, हिल र अमरभूमीलाई छुट्टै गाउँपालिका प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा १२ हजार ९  जनसंख्या रहको छ । 

बागलुङ नगरपालिकामा मालिका, पाला, सिगाना, तित्याङ्ग, भकुण्डे, रायडाँडा गाविस समावेश गरिएको छ । यसरी छ गाविस र हालको नगरपालिकाको सहित प्रस्तावित नगरपालिकामा ४८ हजार ३६ जनसंख्या रहने छ । 

अमलाचौर, पैयुपाटा र नारायणस्थान तिनओटा गाविसको गाउँपालिका बनाईएको छ । यो गाउँपालिकाम जनसंख्या१२ हजार ५ सय चार रहेको छ ।  

कुश्मीसेरा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, सर्कुवा, पैयुथन्थाप, दमेक, राङ्गखानी वडा नम्बर १ देखी ७ सम्मको भुभागलाई अर्को गाउँपालिका प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा ३१ हजार ३ सय ७४ जनख्या रहेको छ । 

भीमापोखरा, धम्जा, तंग्राम, विहुँकोट, लेखानी, रेश गाविसलाई पनि गाउँपालिकाको रुपमा प्रश्ताव गरिएको छ । यो गाउँपालिकामा २३ हजार ३ सय ६६ रहको छ ।  हुग्दीसिर, धुल्लुबाँस्कोट, बाटाकाचौर, सल्यान, सुखौरा, राङखानी ८ र ९ नम्वर वडा गरेर बनाइएको गाउपालिकामा १५ हजार एक सय ६४ जनसंख्या रहनेछ । 

प्रस्तावित खाकालाई राजनीतिक दलहरुसँग छलफल गरी अन्तीम टुङ्गो लगाईने स्थानीय विकास अधिकारी आचार्यको भनाई रहेको छ । स्थानीय तह पुनसंरचना आयोगले कात्र्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने म्याद तोके पछि प्राविधिक समस्याको कारण केही ढिला हुने उहाँको भनाई रहेको छ । राजनीतिक सहमतिको आधारमा स्थानीय निकायको टुङ्गो लगाईने आचार्यले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!