भिङगिठे केन्द्र हुने गरि गाउँपालिका माग

Posted on: 05 Nov, 2016

कृष्ण कँडेल । कात्तिक २०, बागलुङ | भिङगिठेका स्थानिय राजनैतिकदलले स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै आफ्नो गाविसलाई केन्द्र बनाई गाउँपालिका गठनको माग गरेका छन् । उनिहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रवार दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग मिसाउने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिस प्रति कडा आपत्ति जनाएका छन् । यस अघि ग्वालीचौर केन्द्र हुँदा आफुहरु मान्न तयार भएपनि प्रत्यक पटक फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जने निर्णय गरेका हुन् ।    

आज भएको सर्वदलिय बैठकले रणसिंहकिटेनी, ग्वालीचौर, दर्लिङ र भिङगिठे गाविसको गाउँपालिका बनाउन पहल गर्ने निर्णय गर्दै त्यसका लागि भोलि जिल्ला प्राविधिक सहयाग समिति र दलका नेतृत्व समक्ष डेलिकेशन जाने भएको छ ।  

नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिालो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताउनुभो । यि चार गाविसको जनसंख्या १९ हजार ३ सय ४९ रहेको छ । 

गाउँपालिकाको लागि २२ हजार जनसंख्यामा १५ प्रतिशत तलमाथि गर्न सकिने भएकाले चार ओटा गाविसलाई जनसंख्याका आधारमा पनि गाउँपालिका बनाउन सकिने नेपाली काँग्रश गाउँ कार्यसमितिका सभापती कृष्ण गुरुङले बताउनुभयो । सभापती गुरुङले अहिले आफ्नो गाविसको सर्वदालिय बैठक गरि अरु तिन गाविसलाई पनि भिङगिठे केन्द्र हुने गरि गाउँपालिकामा आउन आग्रह गर्ने निर्णय भएको बताउनुभयो । 

नेकपा एमालेका प्रतिनिधि दिपक रायमाझिले निर्णय कार्यान्वयनको पहल गर्न अरु गाविससँग छलफल गर्ने र भोली नै जिल्लाका राजनैतिक दल तथा प्रविधिक समितिमा डेलिकेशन जाने बताउनुभयो । जिल्ला प्रविधिक समितिको अघिल्लो प्रश्तावमा भिङगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । शुक्रवार जिल्ला प्रविधिक समितिले भिङगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रश्ताव गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!