समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको प्रचारप्रसार आवश्यक–जनमोर्चा नेता बराल

Posted on: 08 Nov, 2016

कार्तिक २३ पर्वत ।
मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर बरालले समाजवादी क्रान्तिको प्रचारप्रसार गरी समाजवादको पक्षमा जनमत सृजना गर्न सकिने धारणा राखेका हुन् ।
संघीयताको विपक्षमा धारणा राख्दै आएको पार्टीका नेता बरालले नेपाल जस्तो देशमा संघीयता कुनै पनि हालतमा लागू हुन नसक्ने र यसलाई खारेज नै गर्नुपर्ने भनाई दोहो¥याए । अंगिकृत नागरिकलाई राज्यका उच्च पदमा जान पाउने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने होे भने मुलुक फिजीकरणको बाटोमा जाने चेतावनी दिदै अंगीकृतलाई अधिकार दिने कुरामा खवरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
मजदुर वर्गका महान् नेता कमरेड लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति अर्थात् समाजवादी क्रान्तिको अवसरमा जनमोर्चा पार्टीले विविधि कार्यक्रम सतवार्षिकी मनाउने भएको हो । समाजवादी क्रान्तिले ९९ वर्ष पुरा गरी १०० वर्ष प्रवेश गरेको छ । यही अवसरमा जनमोर्चा पार्टीले मुलुकभर समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसार गरी समाजवादको स्थापना गरिने बताएको छ ।
सोमबार जनमोर्चा पार्टीले सतवार्षिकी कार्यक्रमको उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष गोविन्द पौडेलले अध्यक्षता ग्रहण गरेका थिए भने कार्यक्रमको संचालन सचिव बालकृष्ण पौडेलले गरेको थिए । स्वागत मन्तव्य उपाध्यक्ष भोजराज उप्रेतीको थियो । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघ पर्वतका अध्यक्ष ईन्द्रकान्त शर्माले पार्टीका धारणाहरु राखेका थिए । लोकप्रिय सांस्कृतिक समूह रक्तिम परिवारद्धारा जनवादी गीतहरु प्रस्तुत गरिएका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!