पुनःसंरचनाबारे भोजपुरमा आन्दोलन जारी

Posted on: 11 Nov, 2016

कार्तिक २६, भोजपुर । स्थानीय तह पुनःसंरचनाबारे संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ । 

छुट्टै गाउँपालिकाको माग राखी गत साउन २१ गतेदेखि गरिएको आन्दोलन माग पूरा नहुन्जेलसम्म जारी राख्ने संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ भोजपुरका संयोजक हर्कराज राईले जानकारी दिनुभयो । 

आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार लेखर्कको पाँचधारे बजारमा विरोध सभा गरेका छन् । विरोध सभामा सहभागी अधिकांश वक्ताले अन्नपूर्ण केन्द्र नमान्ने र आफ्नो माग पूरा नहुन्जेलसम्म जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने बताएका छन् । 

यसैबीच, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल र खुम्बुवान मुक्ति मोर्चा तीन दलले समेत स्थानीय निकायको पुनःसंरचनासम्बन्धी छुट्टै खाका सार्वजनिक गरेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!