पाँचथरमा स्थानिय तहबारे असन्तुष्ट पक्षका मागलाई समेट्ने

Posted on: 13 Nov, 2016

जितेन्द्र भण्डारी | कात्तिक २८, पाँचथर | पाँचथर जिल्लामा स्थानिय तहको बारेमा दिन प्रतिदिन विवाद चुलिँदै गएपछि असन्तुष्ट पक्षका मागहरुलाई सकेसम्म समेटिने प्रयास गरिने भएको छ । 

शनिबार जिल्लाका राजनितीक दलहरु र जिल्ला प्राविधिक समितीको वैठक बसेर असन्तुष्टीका बारेमा छलफल गरी भौगोलिकता,सुगमता,र औचित्यताका आधारमा संशोधन तथा परिमार्जन गरी आयोगमा पठाईने निर्णय गरिएको छ । 

प्राविधिक समितीका संयोजक भानु बरालले भन्नुभयो,“जिल्लाट दुई भिन्नाभिन्नै ८ स्थानिय तह रहने गरी खाका पठाइएपनि धेरै गाविसका स्थानियहरुले गुनासो गरेपछि उनीहरुको जायज मागलाई सम्वोधन गर्नका खातिर पनि वैठक बसेका हौ, उक्त वैठकले असन्तुष्ट पक्षका मागलाई सम्वोधन गर्न भनेरे तिन वटा निर्णय समेत गरेका छौ ।” 

उहाँका अनुसार असन्तुष्ट पक्षका राय,सल्लाह सुझाव,गुनासा तथा ज्ञापनपत्रहरुको उच्च सम्मान गर्दे अविलम्व आयोगमा पठाउने,आयोगमा पठाइएको खाका प्रति विमति भएपनि शान्ति तथा अमनचयनमा खलल नपुग्ने गरी शान्तिपूर्ण ढंगबाट मत जाहेर गर्न जिल्लाबासीलाई आग्रह गरिएको छ । 

गत कार्तिक २० गते जिल्लाका राजनितीक दलहरु र प्राविधिक समिती सम्मिलत वैठकले जिल्लामा सहमति जुटन नसक्दा ८ वटा स्थानिय तह रहने गरी दुई भिन्नाभिन्नै खाका आयोग समक्ष पठाइएको थियो । उक्त खाका प्रति कहिँ गाविसलाई टुक्रायउन नहुने त कतै वडा,गाउँपालिका नगरपालिकाको केन्द्र अपायक,र सुगमता नभएको भन्दै तिव्र रुपमा आलोचना भइरहेको छ ।  सास/पाँचथर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!