लम्जुङ जिल्लाले पठायो स्थानीय तह पुनःसंरचनामा तीन प्रस्ताव

Posted on: 16 Nov, 2016

मङ्सिर १, लमजुङ । स्थानीय निकाय पुनःसंरचनाको लागि विकल्पसहित तीनवटा प्रस्ताव पठाएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले लमजुङमा आठ स्थानीय तह रहने गरी तीनवटा प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाएको हो । 

पुनःसंरचनाको विषयमा अधिकतम् सहमतिको प्रयास गर्दै विकल्पसहित तीन प्रस्ताव पठाइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी शेखर पौडेलले बताउनुभयो । 

पुनःसंरचना आयोगमा प्रस्ताव पठाउने म्याद सकिएको भएपनि सहमति हुन नसकेको भन्दै ढिला गरी मङ्गलबार साँझ प्रस्ताव पठाएको हो । 

“स्थानीय तह निर्धारणका विषयमा राजनीतिक दल, जिल्लाका सभासद र जनताबीच आ–आफ्नै धारणा आए,” पौडेलले भन्नुभयो “अधिकतम सहमतिको प्रयास गरी सबैको धारणा सम्बोधन गर्न तीनवटा खाका बनाएका छौँ ।” 

पौडेलका अनुसार तीनवटै प्रस्तावमा जिल्लामा आठवटा स्थानीय तह रहने गरी मुख्य प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् । तीनवटै प्रस्तावमा समेटिएका साविकका गाविस तथा नगरपालिका भने हेरफेर गरिएको छ । 

राज्य पुनःसंरचना आयोगले जिल्लामा आठवटा मात्र स्थानीय तह निर्धारण गरेको छ । यसअघि पनि प्राविधिक समितिले तीन विकल्पसहित दुईवटा सात र एउटा नौवटा स्थानीय तह रहने गरी प्रस्ताव पठाएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!