चार बर्षीय बालिकालाई चकलेट दिएर बलात्कारको प्रयास गर्ने पक्राउ

Posted on: 07 Jan, 2016

पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।

गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–१६ घर भएका २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा फकाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकाको आफन्तहरुले बलात्कारको प्रयास भएको जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । श्रेष्ठले बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए । घटना भएको बेला बालिका एक्कासी चिच्याएको सुनेपछि बालिकाका आफन्तहरुले थाहा पाएपछि प्रहरीलाई श्रेष्ठको बलात्कार प्रयास बारे जाहेरी दिईएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!