नयाँ शक्तिको अन्तरिम गाउँ परिषद् दमेक गठन

Posted on: 04 Dec, 2016

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । नयाँ शक्ति नेपाल अन्तरिम गाउँ परिषद् दमेक बागलुङको प्रथम भेलाले धनप्रसाद सापकोटको संयोजकत्वमा अन्तरिम गाउँ परिषद् दमेक गठन गरेको छ । 

६७ सदस्यीय रहेको अन्तरिम गाउँ परिषद्को सहसंयोजकमा तिलबहादुर परियार र पुरन छन्त्याल रहनुभएको अन्तरिम केन्द्रिय परिषद् सदस्य कृष्ण सापकोटाले जानकारी दिनुभयो । 

कार्यक्रममा बौल्दै अन्तरिम केन्द्रिय परिषद् सदस्य बमबहादुर गुरुङले देशलाई अर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले आन्दोलनमुखि राजनिति छाडेर सामान्य नागरिकको जीवमा समृद्धि ल्याउने गरि अघि बढ्नुपर्नेमा जोड दिनुयभयो । गुरुङले प्रत्यक्ष र समावेशि लोकतन्त्र मार्फत सवैको सहभागीता सहितको शासन पद्धतिलाई अघि बढाउन सकिने बताउनुभयो । 

कार्यक्रममा अन्तरिम केन्द्रिय परिषद् सदस्य कृष्ण सापकोटा, निर्वाचन क्षेत्र नम्बर–३ का संयोजक कुशल बुढा र नयाँ शक्ति विद्यार्थी युनियन केन्द्रिय सचिवालय सदस्य प्रकाश केसीले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम अन्तरिम केन्द्रिय परिषद् सदस्य कमल सापकोटाको अध्यक्षता, धनबहादुर परियारको स्वागत मन्तव्य र धनप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!