पार्टी एकताको सन्देश दिन राप्रपाद्धारा गाउँमा मोट्रसाइकल र्याली

Posted on: 30 Dec, 2016

जितेन्द्र भण्डारी/पुस १५, पाँचथर । राप्रपा नेपाल र राप्रपा पाटी एकीकरण भएपछि पाँचथरमा एकताको सन्देश दिन गाउँ गाउँमा मोटरसाइकल र्याली र कोणसभा कार्यक्रमको आयोजना गरिएको छ ।

यसैक्रममा राप्रपाले जिल्लाको २ नम्बर क्षेत्र अन्र्तगत राँके,घुर्विसे पंचमी वजार,सप्तमी,आरुबोटे,लिम्बाको लेक गाउँ,दुर्दिम्बाको ६ नम्बर वुधबारे,माङजाबुङ,आङसराङको वसाँगु,यासोक वजार लगायत स्थानमा कोणसभा गरेको छ ।

आज भएको मोटरसाइकल र्याली तथा कोणसभालाई सम्वोधन गर्दे राप्रपाका केन्द्रिय सदस्य तथा नेता तेज कुमार कुरुम्बाङले मुलकलाई हिन्दू राज्य कायम गरेर छाड्ने वताउनुभयो ।

काग्रेस,एमाले,र माओवादीले लम्पसारवाद र अंशवण्डावाद मात्रै निमन्त्याएर मुलकलाई सिद्ध्याएको भन्दै अव राप्रपा मात्रै राष्ट्रको हितमा लागिरहेको वताउनुभयो ।

यस्तै कार्यक्रममा वोल्दै राप्रपाकी केन्द्रिय सदस्य सुनिता कुरुम्बाङले अव चाँडै स्थानिय तहको निर्वाचन हुने भन्दै महिलाको प्रतिनिधित्व आवश्यक पर्ने भएकोले महिला दिदी वहिनीहरु राप्रपा प्रवेश गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष घलेन्द्र बहादुर लिम्वू,पूर्व राजसभा समिती सदस्य वम सम्हाम्फे,निर्वाचन समिती संयोजक हरिप्रकाश सुवेदी,पाटी जिल्ला उपाध्यक्ष कमल बहादुर चेम्जोङ, सचिव जगत थापा मगर, पाटी क्षेत्रिय अध्यक्ष महेन्द्र बहादुर लावती लगायतले सम्वोधन गर्नुभएको थियो । पाटीले पौष १७ गतेदेखि क्षेत्र नम्बर १ मा पनि मोटरसाइकल र्याली र कोणसभाको आयोजना गर्देछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!