सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

Posted on: 28 Mar, 2016

चैत्र १५, सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा आइतबार साँझ दुर्घटना हुदा दुई जना युवकको मृत्यु भएको छ।

ना ४ ख १०३४ नम्बरको ट्रकले साँझ ६।४५ बजे को १३ प २५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बक्लौरी–२ का मनिष बिष्ट र सोही ठाउँकै २६ बर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जादैं गरेको ट्रकले विपरित दिसाबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ बिष्ट र चौधरी घाइते भएका थिए।

दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इनिस्पेक्टर टीका कार्कीले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । फरार ट्रक चालकको खोजी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!