प्रेस सेन्टरले आफ्नै नेतृत्वमा महासंघ गठन गर्न छलफल गर्ने

Posted on: 20 Jan, 2017


खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने भएको छ । 

प्रेस सेन्टरको बिहिबार बागलुङ बजारमा भएको बैठकले आफ्नै नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनाउने निर्णय गर्दै अरु संघसंगठन संग छलफल गर्नका लागि समिति गठन गरेको छ । 

कसको नेतृत्वमा जाने भन्ने विषयमा खुला रहने निर्णय भएको अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो । नेतृत्व गर्ने ब्यक्तिको विषयमा अबस्था र आबश्यकताका आधारमा निर्णय गरिने प्रस सेन्टरले जनाएको छ । 

पे्रस सेन्टरका सल्लाहकार राजेशचन्द्र राजमण्डारीको संयोजकत्वमा ४ सदस्यीय बर्तासमिति गठन गरिएको कोषाध्यक्ष मित्र खरेलले जानकारी दिनुभयो । 

 समितिको सदस्यमा सेन्टर बागलुङका सल्लाहकार राज बहादुर थापा, अध्यक्ष राम थापा अविरल र सचिव खगेन्द्र विश्वकर्मा रहनुभएको छ । बैठकमा प्रेस सन्टरका केन्द्रीय सदस्य कोपिला कंडेल नन्द–हरि शृजनशिल पत्रकारितन पुरस्कार २०७२ का लागि छनोट हुनुभएकोमा बधाई ज्ञापन गरेको थियो । 

बैठकमा प्रेस सेन्टर केन्द्रीय सदस्य कोपिला कंडेल, सल्लाहकारहरु राजेशचन्द्र राजभण्डारी, मुकेश राजभण्डारी, राज बहादुर थापा, वीरबहादुर चोखाल, शिवशरण ज्ञवाली, अनिश खाति, कोषाध्यक्ष मित्र खरेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठक प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सदस्य सुमित्रा सुनारको स्वागत र सचिव खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!