काँग्रेसको संगठन सुदृढिकरण अभियास सुरु

Posted on: 23 Jan, 2017


कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टि सुदृढिकारण अभियान सुरु गरेको छ । 

क्षेत्रीय समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर–३ का चारओटै पालिकामा कार्यक्रम गर्न लागिएको हो । क्षेत्रीय समितिको आयोजनामा आईतबार प्रश्तावित तमानखोला गाउँपालिकाको कार्यक्रम बोङ्गादोभानमा भएको छ । कार्यक्रममा गाउँपालिका अन्तरगतका बोङ्गादोभान, तमान र खुङ्खानी गाविसका अगुवा कार्यकर्ता सहभागी थिए । 

सो अबसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुँवरले पार्टि, संगठन निर्माण र सुदृढिकरणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

सांसद ज्ञानकुमारी छन्त्याल, महाधिवेशन प्रतिनिधिहरु सिंहबहादुर राना, धिरप्रताप सिंह, जीत सेरचन, कृष्ण केसी र सागर छन्त्याल, जिल्ला सदस्य रविन्द्र बुढाथोकी, मेषलाल शर्मा, खडक बहादुर जिसी, क्षेत्रीय कोषाध्यक्ष तुल्सी नेपाली लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

बक्ताहरुले अब तत्काल हुने स्थानिय निर्वाचनका लागि तयार रहन कार्याकर्तालाई आग्रह गरेका थिए । उनिहरुले स्थानिय विकास निर्माणका काममा स्थानियवासीसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अबको एक बर्षभित्र स्थानिय, प्रादेशिक र संघिय सांसद्को निर्वाचन गर्नैपर्ने भएकाले पार्टि संगठनलाई चुस्त बनाउँदै स्थानिय रुपमा गातिविध बढाउन आग्रह गरेका छन् । 

बोङ्गादोभान गाविसका सभापती खगेन्द्रमान पुन, तमानका सभापती झकबहादुर घर्ती र खुङ्खानीका सभापती सुरेन्द्र छन्त्यालले आफ्नो गाविस र वडा स्तरमा पार्टिको अबस्था, विकास निर्माणको काम लगायतका स्थानिय विषयमा रिपोर्टिङ गरेका थिए । 

कार्यक्रम क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता, उपसभापती नर्जङ घर्तीको स्वागत र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । अभियान अन्तरगतको कार्यक्रम आज निसीखोला गाउँपालिकाको देविस्थानमा, भोली बडिगाड गाउँपालिकाको ग्वालीचौरमा र पर्सि ढोरपाटन नागरपालिकाको बोबाङमा हुँदैछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!