प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक सम्पन्न

Posted on: 24 Jan, 2017

जितेन्द्र खत्रि/माघ ११, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दे सन्धिखर्कमा सम्पन्न भएको छ । 

संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका नेता सागर केसीको बिशेष उपस्थितिमा मा कैठक सम्पन्न र्धको छ । बैठकले यही माघ २२ गते सनिबारको दिन प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला सन्धिखर्कमा गर्ने र्धको छ । 

त्यस्तै बैठकले आगामी फाल्गुण तिन गते हुन गईरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघको नेतृत्वलाई सहयोग र समर्थन गर्न राष्ट्रवादी पत्रकार संघ संस्थाहरुसंग अनुरोध एवं आग्रह गर्ने निर्णय समेत गरेको छ । 

बैठक पत्रकार संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिव जितेन्द्र खत्रीको संन्चालनमा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!