सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने : सभापति देउवा

Posted on: 28 Jan, 2017

माघ १५, नेपालगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।” 

सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उहाँले ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ भन्नुभयो’। 

एक अर्को प्रश्नको जवाफमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने तर, त्यसो भएन भने प्रक्रियामा राखेर निर्वाचन जसरी पनि गराउनुपर्छ भन्नुभयो । 

उहाँले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताउनु भयो । 

स्थानीय निकायको निर्वाचनमा आफ्नो  दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको छ भन्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!