पर्वतमा माओवादी केन्द्र प्रतिको जनलहर बढ्दो, उराममा बन्यो नयाँ कमिटी

Posted on: 01 Feb, 2017

माघ १९, पर्बत । आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ ।

विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नयाँ समिति गठन भएको छ । गाउँ स्तरीय भेला आयोजना गरी हरिलाल भुसालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

जयकृष्ण काफ्ले, इन्द्रजित नेपाली, नारायण काफ्ले उपाध्यक्ष रहेको कमिटीमा जीवन थापा सचिव, मित्रलाल बसेल सहसचिव, लालुमाया नेपाली कोषाध्यक्ष रहेका छन् । एकनारायण काफ्लेले संचालन गरेको उक्त भेलाको अध्यक्षता हुमकला तिवारीले गरेकी थिइन, भने स्वागत मनतव्य जीवन थापाले गरेका थिए । साथै उक्त कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रस्तावित विहादी इन्चार्ज ऋषिराम भुसाल रहेका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसालले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता माओवादीको एजेन्डा हो उक्त एजेन्डा सहितको संविधान कार्यनयन गर्न पनि आगामी चुनावमा माओवादी केन्द्रले जित्नु पर्ने बताए । पर्वतको विकास माओवादी केन्द्र लागिपरेको भन्दै आगामी चुनावमा पर्वतको सबै माओवादी केन्द्रले जित्ने दावी समेत गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!