राप्रपा बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन बुर्तिबाङमा

Posted on: 03 Feb, 2017

कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशैभर एकै साथ हुने क्षेत्रीय अधिवेशन अन्तरगत बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन पनि आज बुर्तिबाङमा हुँदैछ । 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । दुई राप्रपा विच एकिकरण भएपछि देशै भरी एकै साथ क्षेत्रीय अधिवेशन गर्न लागिएको केन्द्रिय सस्य दिपक कुँवरले जानकारी दिनुभयो । अधिवेशन दिउसो १२ बजेदेखि बुर्तिबाङ बजारमा रहेको कबर्ड हलमा सुरु हुने छ । 

अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, २ सहसचिव र १ कोषाध्यक्ष सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अन्तिम सम्म सर्वसम्मतको प्रयास गरिने र नभए निर्वाचन हुन सक्ने केन्द्रिय सदस्य कुँवरले जानकरी दिनुभएको छ । 

अधिवेशनमा गाविसबाट छनोट भएका ७० जना भन्दा बढि प्रतिनिधि सहभागी हुने छन् । यस अघि राप्रपाले गाविस स्तरमा भेला गरि कार्यसमिति गठन गरिसकेको छ । राप्रपाको जिल्ला अधिवेशन माघ २५ गते बागलुङ बजारमा हुँदैछ । राष्ट्रिय अधिवेशन भने फागुन ६ गतेदेखि ९ गतेसम्म हुँने तय भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!