राष्ट्रिय जनमुक्ति पार्टीको मगरात राज्य परिषद पर्वतमा सम्पन्न

Posted on: 07 Feb, 2017

पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तुलबहादुर सुनारी, मिना थापा रहेका छन् । त्यस्तै सचिवमा टक थापा(विरकट्टा) सहसचिवमा प्रज्ञा शाक्य, कोषाध्यक्षमा चेत बहादुर सारु, सहकोषाध्यक्षमा विष्णु माया थापा रहेको छन्। 

 मगरात जनपरिषदको कुश्मामा भएको भेलाले ९ बुदेँ राजनीतिक प्रस्ताब समेत पारित गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी जनमुक्ति पार्टीले मगरात राज्य परिषदले पारितक गरेका राजनीतिक प्रस्ताब बारे प्रेस विज्ञप्ती निकाली जानकारी गराएको हो ।

मगरात राज्य अन्तरगत १२ जिल्लाका प्रतिनिधी कार्यक्रममा सहभागी भएका थिए । मगरात परिषद भेलाले ९ बुदेँ राजनीतिक प्रस्ताब समेत पारित गरेको छ ।

जसमा संविधानसभावाट गठित राज्यको पुर्नसंरचना तथा राज्य शक्ति बाँडफाँड समिति र राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसारको प्रदेश निर्माण तथा नेपालको अन्तरिम संविधान ०६३ को धारा १३८  अनुसारको प्रदेशनहरु निर्माण गर्नुपर्ने, आदीबासी जनजाति, खसआर्य लगायतका क्लस्टरमा आधारित प्रतिनिधित्व हुनेगरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, जातीय संख्याका आधारमा समानुपातिक प्रतिनिधित्व भएको निर्वाचन प्रणाली संवैधानिक रुपमै कायम गर्ने, नेपालको संविधानको धर्मनिरपेक्षता सम्बन्धि स्पष्टीकरण हटाउनुपर्ने, नेपालमा बोलिने सवै मातृभाषालाई सरकारी कामकागजको भाषा बनाउनु संवैधानिक व्यवस्था, निर्वाचनमा थ्रेसहोल्ड राख्न नुहुने, स्थानीय निकायको नभइ पहिले संघीय संसद र प्रदेशहरुको हुनुपर्ने, पूर्व शैनिक मन्त्रालय गठन गर्नुपर्ने लगायतका प्रस्ताबहरु पारित गरेको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!