राप्रप्रा डडेल्धुराको अध्यक्ष साँउद बिजयी

Posted on: 08 Feb, 2017

 ललित बोहरा।माघ २६ डडेल्धुरा  ।राष्ट्रिय  प्रजातन्त्र पार्टी डडेल्धुराको मगंलबार सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष पदमा हिक्मत साँउद बिजयी हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धि टेकराज पनेरुलाई २६ मतले पछि पार्दै हिक्मत साँउद बिजयी हुनुभएको निर्वाचन अधिकृत डम्बर बहादुर भण्डारी जानकारी दिनु भयो । 

 कुल खसेका १२१ मत मध्ये साँउदको पक्षमा ७३ मत र  पनेरुको पक्षमा ४७ मत खसेको र १ मत बदर समेत भएको निर्वाचन अधिकृत  भण्डारीले जानकारी दिनु भएको छ । अध्यक्ष सहित १८ सदस्सिय जिल्ला कार्यसमिति मध्ये बाँकि पद पछि चयन गरिने निर्वाचन अधिकृत भण्डारीले बताउनु भएको छ । सहमतिका लागि प्रयास थालिएको भएपनि सहमति नजुट्दा चुनाव गरिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!