राप्रपा पर्वतको अध्यक्षमा गिरी सर्वसम्मत चयन

Posted on: 08 Feb, 2017

राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए ।

राप्रपाका केन्द्रीय सदस्यत्रय शेरबहादुर गुरुङ, इच्छाबहादुर गुरुङ र रणबहादुर क्षेत्री, देवेन्द्र विक्रम महत, क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर जिसी र क्षेत्र नं. २ का अध्यक्ष दुर्गाबहादुर मल्लको समन्वय समितिले गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  अध्यक्षका लागि वर्तमान् अध्यक्ष ठाकुर प्रसाद भूसाल र इश्वर गिरीको उम्मेदवारी परेपछि समन्वय समिति तय गरिएको थियो ।

उक्त समन्वय समितिमा अध्यक्षका दावेदार दुवै जना गिरी र भूसालले समितिले गरेको निर्णय स्वीकार गर्ने गरी लिखित रुपमा मञ्जुरी नामा दिएपछि उक्त समितिले आज बुधबार इश्वर गिरीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति विस्तार गरेको हो ।  समितिको सदस्यहरुमा क्रमस ठाकुरप्रसाद भूसाल, देवेन्द्रविक्रम महत, मानकुमारी गिरी, नुमादेवी भट्राई, हेमलाल पौडेल शर्मा रहेका छन् । त्यसै गरी प्रकाश पौडेल, दुर्गाबहादुर खाँड, प्रभु गुरुङ, दुर्गा श्रेष्ठ, ठाकुर बम मल्ल, जगतबहादुर पौडेल, नारायणदत्त भूसाल, शेरबहादुर थापा, गोपीचन्द्र शर्मा र हेमप्रताप सेन पनि राप्रपाको जिल्ला सदस्यमा चुनिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!