डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदबारहरु यी हुन ?

Posted on: 09 Feb, 2017

ललित बोहरा ।  माघ २७ डडेल्धुरा  । त्रिभुवन विश्वविद्यालयलेको आङगीक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा पनी स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनको चर्चा सुरु भएको छ । क्याम्पसले बिद्यार्थीहरु बिच एक चरणको छलफल बिवादै बिवादका बिच सम्पन्न गरेको छ ।  निर्वाचन आचारसंहिता सम्बन्धी छलफलका लागी  बोलाएको बैंठक आचारसंहितकै बारेमा निवार्चन समीती संयोजक र बिद्यार्थी नेता अनबिज्ञ देखीएपछि बिवाद शिर्जना भएको हो । दिउँसो एक बजे सम्पूर्ण बिद्यार्थी सङगठनहरु बैंठकमा उपस्थीत हुन पुगेको समयमा नेबिसंघले आचारसंहिता उल्लघंन गर्दै क्याम्पस कमिटी गठन गरेपछि बिवाद भएको हो । आंचारसंहितामा १४ गतेबाट कुनै पनी संघ, संगठनले क्याम्पस कमिटी गठन गर्ने नपाईने रहेको भन्दै अन्य बिद्यार्थी संगठनले बिवाद गरेका हुन । यसबारे क्याम्पस प्रमुखले आफुले आंचारसंहीता अध्ययन नगरेकोले भएको भन्दै अन्य नेबिसंघ बाहेका संगठनका बिद्यार्थी माझ मार्फी मागेपछि बिहीबार ३ बजे सम्र्पूण संगठनहरुसंग क्याम्पसले आचारसंहिताकै बारेमा छmफलफल गरी स्ववियू आचारीसंहिता बिद्यार्थी संगठनहरुलाई बितरण गरेको छन् । 

यस्तै डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतीका लागी छलफल बिद्यार्थी नेताहरुका बिच भएपनी मातृ पार्टीहरुको हस्ताक्षेप हुने देखीएको छ । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघबाट सभापतिका उम्मेदवारको दाबी गर्दै आएका पूर्व सभापति सन्तोष देउवालाई उमेरको हद लागेपछि नेबिसंघमा तिन जना उम्मेदवार देखीएका छन् । जसमा लामो समय पत्रकार समेत रहेका प्रकाश चन्द्र बुढाऐर, अरुण पन्त, र जगत ऐरले स्ववियू सभापतीमा आफु उम्मेदवार हुने ईच्छा देखीएका छन् । तर पार्टीको आसिवाद जसलाई मिल्छ त्यही सभापतीको उम्मेदवार हुने स्रोतको दाबी छ । 

यस्तै नेकपा एमाले निकट अनेरास्वियू जिल्ला कमिटीमा बिवाद देखीए पनी क्याम्पसमा भने सभापतीका लागी महिला उम्मेदवार प्रिया कुमारी मल्ल हुने पक्का गरी सकेको छ । मल्ल क्याम्पसमा मास्टर प्रथम बर्षमा अध्ययनरत अनेरास्वयूकी र्चचीत नेत्री हुन । यस्तै माओवादी केन्द्र निकट बिद्यार्थी संगठनमा पनी दुई उम्मेदवार रहेको भने पनी एक जना बिद्यार्थी करन साउँद मात्र उम्मेदवार  देखीएका छन् ।  बिद्याथी नेताहरु निवार्चन हुनेमा पनी शंका भने गर्न थालेका छन् । आगामी फागुन १ गते मतदाता सूची प्रकाशन गर्ने, ३ गते दाबीविरोध र छानबिन गर्ने त्रिविको तालिका छ । ४ गते उम्मेदवारको मनोनयनपत्र वितरण, ५ गते उम्मेदवारको मनोनयन सिलबन्दी नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ । उम्मेदवारको दाबीविरोध तथा छानबिन, फागुन ८ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरिने छ ।

यसै बिच अखिल नेपाल राष्ट्रिय स्वातन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी जिल्ला कार्यसमितीले डडेल्धुरा बहुमुखी क्याम्पसकको प्रमुख र निवार्चन समितीको कार्यालयमा ताला लगाएको छ । मूख्य कार्यालयमा हिजो नै ताला लगाएको भएपनी निवार्चन समितीमा बिहीबार मात्र ताला लगाए छ । बिप्लप माओवादी निकट बिद्यार्थीहरुले  त्रिबीको सिन्डीकेट खारेज गर्नु पर्ने लगाएका ५ बुद्धे माग राख्दै क्याम्पसमा ताला लगाएको छ । क्याम्पसले बिद्यार्थी संघ÷संगठन दार्ता गर्ने माग गरेको मौका छोपी क्याम्पसमा तालाबन्दी भएपछि दर्ता प्रक्रिया अबरुद्ध भएको छ । अखिल नेपाल राष्ट्यि बिद्यार्थी यूनियन क्रन्तिकारी र अखिल नेपाल राष्टिय बिद्यार्थी यूनीयन अनेरास्वयू भने ताला लाग्नु अगाडी नै दर्ता भईसकेको क्याम्पस स्रोतले जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!