त्रिवेणी क्याम्पस जोगबुढामा अनेरास्ववियूले सभापती सहितको कमिटी सार्बजनीक

Posted on: 16 Feb, 2017

भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूले कमिटी सार्वजनीक गरेको हो । जसमा सभापतिका उमेदवार चक्र साउद, उपसभापति प्रकाश बि.क, सचिब राधीका बोहरा, उप–सचिब उमा कुमारी राना, र कोषाध्यक्ष देवकी कुमारी माल अन्य बिद्यार्थी संगठनसंग प्रतिष्प्रर्धा गर्ने छन् । अन्य नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले उमेदवारहरुको नाम सार्वजनीक गरेको अनेरास्ववियू डडेल्धुराका जिल्ला उपाध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिनु भयो । धेरै क्याम्पसहरुमा निवार्चन स्थगित भएको खबरहरु प्राप्त भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!