प्रजातन्त्र दिवस डडेल्धुरामा पनि मनाइयो

Posted on: 18 Feb, 2017

फागुन ७, डडेल्धुरा । ६७ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर डडेल्धुरामा पनि मनाइएको छ । 

२००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना नगरेको भएपनि अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइएको हो । 

जिल्ला बिकास समिति डडेल्धुराद्धारा आयोजित ३ दिने कार्यक्रम अन्तर्गत शनिबार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारार्थ बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत शुक्रबार साँझ घर–घरमा दिपावली समेत मनाइएको थियो । 

डडेल्धुराका सबै सरकारी तथा अन्य संघसंस्थाहरु मिलेर प्रजातन्त्र दिवस मनाउन आग्रह गरिएको भएपनि कर्मचारी टे«डहरुको आन्दोलनका कारण दिवसले खासै औपचारिकता नपाएको राजनैतिक दलहरुको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!