डडेल्धुरामा जारी नमूना युवा ब्यबस्थापीका संसद्मा मन्त्रीमण्डल गठन ,, यूवा गृहमन्त्रीमा साझाँ सवालकर्

Posted on: 22 Feb, 2017

फागुन ११ । डडेल्धुरा । डडेल्धुरामा जारी नमूना युवा ब्यबस्थापीका संसद् कार्यक्रममा बुधबार यूवा मन्त्रीमण्डल गठन गरीएको छ । यूवा गृहमन्त्रीमा साझा सवाल डडेल्धुरा सम्पादक ललित बोहरा चयन भएका छ भने अन्य मन्त्रालय पनी बिभाजन गरीएको छ । यूवा सांसदहरुले प्रस्ताव गरेको यूवाहरुको सावाललाई सम्बन्धीत मन्त्रीले प्रश्नको जवाफ दिने कार्यक्रम रहेको जनाएको छ ।  संसदीय प्रक्रिया अनुसार अभ्यास भईरहेको कार्यक्रममा यूवा प्रधानमन्त्री र मन्त्रीहरुले संसदीय ब्यबस्था बमोजीम सभामुखद्धारा सपथ गराईएको छ ।  यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार ३ दिन सम्म चल्ने नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रममा मगंलबार नमुना प्रधानमन्त्री र सभामुख, उप–सभामुख निर्वाचन प्रक्रियाबाट निर्वाचित थियो । यूवाहरुका लागि आवश्यक नीति निर्माण प्रक्रिया, स्थानीय निकाय तथा तहमा सहभागिता, क्षमता अभिबृद्धी गर्ने, नियम कानुन बनाउने नितीगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल यूवा संस्था सञ्जाल (आयोन) का  महा–सचिव भरत बडायर जोशीले जानकारी दिए ।

    साथै कार्यक्रममा यूवाहरुका सवालहरुलाई कसरी संसदीय प्रक्रियामार्फत अगाडि ल्याईन्छ र ऐन कानुन वा नियमहरु कसरी ब्यबस्थापीका संसदबाट बनाईन्छ वा संशोधन गरिन्छ भन्ने प्रक्रियासंग यूवाहरुलाई नै परिचित गराउने जोड दिईरहेका छन् । मंगलबार देखि सुरु भएको कार्यक्रममा राजनीतीक दलका भातृ संगठनहरुका यूवाहरु, सामाजीक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ७० यूवा नमुना संसदहरु सहभागीता रहेको आयोजकले जनाएको छ । प्रदेश नं.७ को डडेल्धुरा जिल्लामा मात्रै हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सासंदहरु मार्फत केन्द्र सम्म पु¥याउने आयोेजकले जनाएको छ । साथै नमूना संसद कार्यक्रमको समापनको दिन यूवाहरुका समस्या र सवालहरुको एक घोषणा पत्र पनी जारी गरीने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । कार्यक्रमको बिहीबार दिन कार्यक्रममा सासंदहरु एनपी साँउद र ज्ञानु गैरे लगायतका नेताहरुको उपस्थीति रहने जनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!