डडेल्धुरा बहुमुखी क्याम्पसमा लगाईयो ताला बल प्रयोग गरि तोडियो

Posted on: 25 Feb, 2017

डडेल्धुरा, फागुन १४ । सबै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आउँदो बुधबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रभावित हुने भएको छ । 

विभिन्न पक्षको तालाबन्दीका कारण देशभरका अधिकांश क्याम्पसमा मनोनयन दर्ता हुन सकेको छैन । अधिकांश क्याम्पसमा बैद्य तथा बिप्लब निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् भने केही क्याम्पसमा नेबि संघ र नयाँ शक्ति निकट विद्यार्थी संगठनले पनि तालाबन्दी गरेको छ । 

यता डडेल्धुरा बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको भएपनि बल प्रयोग गरि तोडिएको छ । आज अखिल(क्रान्तिकारी), अनेरास्ववियु, बैद्य निकटको अखिल क्रान्तिकारी र नयाँ शक्तिको बिद्यार्थी संगठन गरी चार बिद्यार्थी संगठनले तालबन्दी गरेकोमा आजै जिलला प्रशासन कार्यालयले बल प्रयोग गरि ताला तोडेको हो । 

यता तालाबन्दी गर्ने बिद्यार्थी संगठनले भने छलफल गरेर समाधान खोज्नुको साँटो बल प्रयोग गरी तालाबन्दी ताडिएको भन्दै खेद प्रकट गर्दै एक प्रेश विज्ञप्ती जारी गरेका छन् । साथै उनीहरुले यस्तो कदम चालिएको र गल्ती नसच्याए आन्दोलनको चेतावनी समेत दिएका छन् । यता ताला तोडिएपछि क्याम्पसले प्रक्रिया अगाडि बढाएपछि नेपाल बिद्यार्थी संघले भने उम्ेदवारी दर्ता गरिसकेको जनाईएको छ ।


सार्वजनिक विदा भए पनि देशभरका साढे ३ सय क्याम्पसमा मनोनयन दर्ता सक्ने त्रिभुवन विश्वविद्यालयको निर्वाचन समितिले तयारी गरेको थियो । समितिका सदस्य नरेन्द्र सिवाकोटीका अनुसार झण्डै एक सय क्याम्पसमा असन्तुष्ट विद्यार्थी संगठनले अवरोध गरेपछि मनोनयन दर्ता हुन नसकेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आउँदो बुधबार मिश्रीत निर्वाचन प्रणालीमा स्ववियुको चुनाव हुँदैछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!