संविधान संशोधन सक्छौ भने फेल गरेर देखाउ - सांसद जोशी

Posted on: 27 Feb, 2017

Arjun Joshi's Profile Photo, Image may contain: 1 person, closeupपर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुन प्रसाद जोशीले एमालेलाई संविधान संशोधनलाई सक्ने भए बहुमतका साथ फेल गराएर देखाउन चेतावनी दिएका छन् । 


उनले मधेसी लगायतका उत्पीडित, जनजाति, दलित आदीबासीको माग र अधिकारलाई सम्बोधन गर्दै संविधान संशोधनको विधेयक सरकारले संसदमा पेश गर्दा एमालेले संसद अबरुद्ध गरेर गाइजात्रा देखाएको भन्दै हिम्मत भए बहुमतका साथ फेल गरेर देखाउन चेतावनी दिएका हुन् । आजको सहारान्यूजमा खबर छ ।


३५ औ मगर दिवसको दिनमा पुन क्बलले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । अधिकारबाट बञ्चित भएकाहरुलाई अधिकार दिनको लागि सरकार लाग्दा प्रतिपक्षले देखाएको व्यवहार अनुचित भएको उनले बताए ।


यदी संविधान संशोधन प्रति आपत्तिनै भए, गलतनै भए संविधान सभाबाटनै समस्याको समधान गरौं । पास भए पनि फेल भएपनि संसदबाटनै हुन्छ किन अबरोध गर्ने उनले भने ।


मधेसीका साथै अन्य जातजातिको अधिकार सम्पन्न गराउन सरकार लाग्नु के अपराध हो । मधेसीलाई सानो देख्नु र हेप्न खोज्यो भने भोली त्यसले देशलाई ठूलो क्षती हुने भन्दै उनले मधेसीलाई सानो नसम्झन आग्रह गरे ।


१० बर्षे जनआन्दोलन र त्यसपछिका धेरै उपलब्धीहरुलाई संस्थागत गर्दे देशलाई निकाश तर्फ लैजान सरकार लागि परेको बताउँदै जोशीले विमत्ति देखाएर अबरोध गर्नु गलत भएको बताए । तीन ठूला राजनीतिक दलहरु विच संविधान संशोधनको माध्यमबाट विस्तार अधिकारबा बञ्चित र कुण्ठितहरुको माग र अधिकार पुरा गर्ने शैद्धान्तिक सहमति भएको तर अहिले एमालेले आफैले गरेको सहमतिमा किचलो हाल्नु देशलाई द्वन्द्वमा लैजान खोज्नु भएको भन्दै जोशीले त्यसको जिम्मेवारी एमालेले लिनुपर्ने बताए । 

सांसद जोशीले जनजाती आदीबासिको हकहितको लागि आफू तयार रहेको भन्दै आफूले जिल्लाका रहेका मगर समुदायको हक र अधिकारलाई आफूले संस्थागत गर्नमा पहल गर्ने बताए । उनले मगर समुदायमा रहेका लोकोन्मुख नृत्य र भाषाको संस्थागत गनएको लागि जोड दिनुपर्ने बताए । 


सात दिन सम्म चल्लने कार्यक्रममा महिला पुरुष भलिबल, बास्केटबल , प्रौढ भलिबल, सोरठी नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । पुरुष भलिबलको विजेताले  ५५५५५।–, बास्केटबल विजेताले ३५ हजार, महिला भलिबल विजेताले १५५५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t1.0-0/s370x247/



Image may contain: 8 people, people standing and outdoor


Image may contain: 23 people, people standing


Image may contain: 11 people, people sitting

यस बिषयमा तपाइको प्रतिक्रिया...!