जनसम्पर्क समिति जापानका अध्यक्ष कँडेललाई बुर्तिबाङमा स्वागत

Posted on: 27 Feb, 2017


कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा जनसम्पर्क समिति जापनका अध्यक्ष डन्नपानी कँडेललाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै कँडेलले आफुहरु रोजगारीको शिलशिलामा परदेशमा भएपनि सँधै नेपालको प्रगति र विकाशको सपना देख्ने गरेको बताउनुभयो । 

उहाँले मुलुकको समृद्धिका लागि जापनमा रहेका सम्पुर्ण नेपालीहरुले सँधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काँग्रशक बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का सभापती द्रोणकुमार कुँवरले नेपाली काँग्रेश स्थानिय निर्वाचनका लागि जुटेको भन्दै लोकतान्त्रिक अभ्यास र समृद्ध मुलुक निर्माणको अभियानमा परदेशी नेपालीको सिप र अनुभव पनि आश्यक रहेको बताउनुभयो । 

अझ विकासमा तिब्र प्रगति गरिरहेको जापानमा रहेका नेपालीसँग मुलुक समृद्धिका राम्रो अनुभब रहेको भन्दै त्यसको सदुपयोगका लागि पार्टि प्रतिबद्ध रहेको बताउनुभयो । क्षेत्रीय सभापती कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन क्षेत्रीय सदस्य जीवन भट्टचन र स्वागत अर्का क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!