डडेल्धुराका दुई वटै क्याम्पसमा नेविसंघको प्यानल नै बिजयी

Posted on: 02 Mar, 2017


ललित बोहरा । फागुन १९ डडेल्धरा ।  डडेल्धुराका दुई वटै क्याम्पसहरुको स्ववीयु निर्वाचनमा नेपाल बिद्यार्थी संघ विजयी भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पस र त्रिबेणी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेपाली कांग्रेस निकट नेबि संघको प्यानल नै बिजयी भएको निवार्चन समितिहरुले जानकारी दिएका छन । 


डडेल्धुरा बहुमुखी क्याम्पसमा कुल खसेको  १ सय ७३ मत मध्ये १ सय ४५ प्राप्त गरी नेबि संघका सभापतिका उम्मेदवार जगत ऐरको प्यानल नै बिजय भएको निर्वाचन अधिकृत मोहन भट्टले जानकारी दिएका छन् । 


सभापतिका अर्का प्रत्यासी तीन बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, अखिल क्रान्तिकारी, नयाँ शक्ति बिद्यार्थी यूनियनका संयुक्त उम्मेदवार प्रिया कुमारी मल्ले २५ मत मात्र प्राप्त गरेकी छिन । 


यस्तै सचिवमा खेमराज अबस्थीले १ सय ३५ मत प्राप्त गरी निर्वाचीत भएका छन् भने उनका प्रत्यासी करन साउँदले ३२ मत मात्र ल्याएका छन् । कोषाध्यक्षमकी उम्मेदबार बिमला कुमारी साउँदले १३९ मत प्राप्त गरि विजय भएकी छिन् भने उनका प्रत्यासी महेश पाण्डेले २८ मत मात्र प्राप्त गरेका छन् ।


सदरमुकाम नजिकैको डडेल्धुरा बहुमुखी क्याम्पसमा २ सय ९६ मतदाता मध्ये १ सय ७३ मत खसेका थिए ।


यस्तै भित्रीमधेस क्षेत्रको त्रिबेणी बहुमुखी क्याम्पसमा नेपाली काग्रेस निकट बिद्यार्थी संघठन नेपाल बिद्यार्थी संघको प्यानल नै बिजय भएको छ ।  कुल खसेका मत १२१ मध्ये नेबि संघ सभापतीका उम्मेदवार कृष्ण धामीले ५४ मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितीले जनाएको छ । 


उनका प्रत्यासी अखिल क्रान्तिकारीका मोहन धामी  र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका चक्र साउदले क्रःमस ३६ र २८ प्राप्त गरेको छन् । नेबिसंघ कै प्यानलबाट सचिवमा केसब भट्टले ५४ र कोषाध्यक्षमा पुष्पा अवस्थीले ४५ मत प्राप्त गरी निवार्चीत भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!