स्ववियु चुनाव हारेपछि विद्यार्थी नेतृद्वारा आत्महत्या

Posted on: 02 Mar, 2017

फागुन १९, काठमाडौं । स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी एक नेतृले आत्महत्या गरेकी छन् ।

स्याङ्जा जिल्लाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा पराजित भएपछी क्षेत्रीले आत्महत्या गरेकी हुन् । उनि नेविसंघको तर्फबाट सभापतीको उम्मेदवार थिइन् । 

उनले फेदीखोला-९ डाँडागाउँस्थित टिनले छाएको आफ्नै घरको छानोमा सलले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

उनले आफु मर्नुको कारण आफ्नो सुसाइड नोटमा समेत लेखेकी थिइन् । जसमा उनले मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख छ । उनलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

बुधबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुकि प्रतिष्ठा कार्कीले भारी मतले उनलाई पराजित गरेकी थिइन् । स्वबियु निर्वाचनमा अनेरास्ववियुकि सभापति उम्मेदवार प्रतिष्ठा कार्की बिजयी भएकी थिइन् । 

आत्महत्या गर्ने रिमा क्षेत्री 

सिद्धार्थ बहुमुखी क्याम्पस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!