निर्वाचन मार्फत उपब्धिको रक्षा नगरे गुम्ने खतरा: कुँवर

Posted on: 05 Mar, 2017


फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ । 

सम्मेलनले जितबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष  गनबहादुर विक, सचिव दिलमायाँ विक, सहसचिव रवि विक र कोषाध्यक्ष एलिसा विक रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवरले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर प्राप्त उपलब्धिको संस्थागत हुन नसके ति उपलब्धि गुम्ने खतरा रहेको औँल्याउनुभयो । ईन्चार्ज कुँवरले परिबर्तनका पक्षधर शक्ति एकजुट भएर त्यसको कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले पछाडि परेको बर्ग क्षेत्रको समानुपातिक प्रतिनिधित्व सहितको स्थानिय तहको निर्वाचनले महिला, दलित जनजाती समुदायको नेतृत्व स्थापित गर्ने बताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका संयोजक भिम गौतम, जिल्ला सदस्य नरबहादुर विक र छबिलाल विकले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम रनबहादुर विकको अध्यक्षता, क्षेत्रबहादुर भण्डाराीको स्वागत र जितबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!