नवजागृत बहुमुखीमा तोडफोड

Posted on: 05 Mar, 2017

पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्नो विजय भएको घोषणा गर्नु र स्ववियूको निति बाहिर एमालेका नेता समेत गई विजयको घोषणा गर्नु गलत भएको भन्दै आक्रोशित विद्यार्थी संगठनले तोडफोड गरेको बुझिएको छ ।

जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुसँग सहमतिय आधारमा सवै मिलेर जाने भन्ने सहमति गर्ने र अर्को तर्फ विद्यालयमा जिल्ला नेता समेत पुगेर एकलौटी आफ्नो विजय भएको घोषणा गर्नु घिणृत कार्य भएको भन्दै अन्य विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । 

सो क्याम्पसमा एमाले जिल्ला उपाध्यक्ष भक्त कुवँर, युवासंघका अध्यक्ष विमल लामिछाने लगायतका जिल्लाका नेता तथा कार्यकताले फर्जी मितिको सूचना टाँस गरी र क्याम्पस प्रमुखलाई दबाबमा पारी अनेरास्ववियूको विजय भएको घोषणा गरेका थिए ।

कार्यलयमा रहेको फोन, बेन्च लगायतका समाग्रीहरु तोडफोड भएको बुझिएको छ । कार्यालयमा तोडफोड हुनुको साथै विद्यार्थी संगठन आक्रोशित भएपछि क्याम्पस प्रमुख रुचिला सापकोटाले आफूले उक्त निर्णय उल्टाएर सहमतिमा लैजाने बताएको एक विद्यार्थी नेताले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!