भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित

Posted on: 07 Mar, 2017


धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन् ।

स्ववियु निर्वाचनमा ६५ मत ल्याएर भेरीज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का विजयी भएका हुन् । खड्काका प्रतिद्धन्दी जनक सिंहले ५८ मत प्राप्त गरेका थिए । 

खड्का बामपन्थी प्यानलका सभापति उमेरदवार हुन भने सिंह प्रगतिशित प्यानलका उमेरदवार हुन् । खड्का नेकपा एमाले निकट अनेरास्ववियुका प्रतिनीधि हुन भने, सिंह नेपाली कांग्रेस निकट नेविसंघका प्रतिनीधि हुन् ।

प्रत्यक्ष तर्फको निर्वाचनमा बामपन्थी प्यानलवाट सभापतिका उमेरदवार मात्र विजयी भएको र सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) मनसरा नेपाली, कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थी युनियनका दिनेशकुमार शाही निर्वा्चित भएका छन् । 

यस्तै सदस्यमा अनेरास्ववियु (क्रान्तिकारी) प्रकाश वली, नेविसंघका सपना सोनाम र नयाँ शक्ति विद्यार्थी युनियनका नरेन्द्र उपाध्याय निर्वा्चित भएका छन् । सचिव, कोषाध्यक्ष र तीन सदस्य पदमा प्रगतिशिल प्यानलका उमेरदवार विजयी भएको निमित्त क्याम्पस प्रमुख चन्द्रबहादुर वुढाले जानकारी दिए ।

समानुपातिक तर्फ बामपन्थी प्यानलले ५८ मत प्राप्त गरेको छ भने, प्रगतिशित प्यानलले ६१ मत प्राप्त गरेको छ । समानुपातिक निर्वाचनमा दई मत बदर भएका छन् भने, प्यानलमा मतदान गर्नु पर्ने प्रावधान भएता पनि दुई मत नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लाई मतदान गरिएको छ ।

समानुपातिक तर्फ प्राप्त मत प्रतिशतका आधारमा सात दिन भित्रै स्ववियु उपसभापति, स–सचिव र तीन सदस्य मनोनित गर्नु पर्ने प्रावधान रहेको छ ।

त्यस्तै जाजरकोट सदरमुकाममा अनेरास्ववियुले क्याम्पस स्वबियुको बिजय जूलूस विद्यार्थीहरुले आज विहान १२ वजे देखि जाजरकोट सदरमुकाममा विजय जुुलुस निकालीहेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!