अर्घाखाँचीका प्रजिअ कटुवाललाई सरकारले सप्तरीमा पठायो

Posted on: 07 Mar, 2017


जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादुर कटुवाललाई पठाएको छ ।

सोमबार प्रहरीसँगको झडपमा तीनजना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएपछि सरकारले त्यहाँका पमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृह मन्त्रालयमा फिर्ता बोलाएको थियो ।

उनको स्थानमा अर्घाखाँचीका पमुख जिल्ला अधिकारी रहेका कटुवालाई गृह मन्त्रालयले पठाउने निर्णय गरेको हो । यस अघि गृहन्त्रालयले सप्तरीका प्रहरी प्रमुखका रुपमा एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!