मधेस प्रदेश माग गर्दै सुनसरी बन्द

Posted on: 13 Aug, 2015

साउन-२९, इनरुवा । नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेश प्रदेशमा राख्नुपर्ने माग गर्दै आज बन्द आह्वान गरिएकाले सुनसरीको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुले बिहानैदेखि चोकचोकमा भेला भई सवारी साधन बन्द गरेका छन् भने बजार, यातायात, कलकारखाना सञ्चालन हुन दिएका छैनन्। मधेस प्रदेश बचाउ सङ्घर्ष समितिले मधेस बन्दको आह्वान गरेको हो। यसैबीच थारु सङ्घर्ष समिति र थारु कल्याणकारिणीसभा सुनसरीले गरेका बन्दका कारण तेस्रो दिन पनि सुनसरीको इटहरी, दुहबी, झुम्कालगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ। तराईका २२ वटा जिल्लालाई थरुहट प्रदेशमा राख्नुपर्नेलगायतका माग राख्दै छ दिने बन्दको आह्वान गरेको सङ्घर्ष समितिका सदस्य मिलीराम चौधरीले जानकारी दिए। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!