अर्घाखाँचीमा अक्टुवर क्रान्तिको शतवार्षिकी अभियान संचालन

Posted on: 17 Mar, 2017


चैत ४, अर्घाखाँची । रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको ९९ वर्ष पुरा भई १०० बर्षमा प्रबेश गरेको अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकी विश्वभर विभिन्न कार्यक्रम गरेर मनाई रहेका छन् । 

लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको थियो । रूसको महान् समाजवादी क्रान्ति सम्पन्न भएको गत कार्तिक  २२ गते ९९बर्ष पुरा गरी एक सय  वर्षमा प्रवेश गरेको छ । 

यसै अभियानलाई मध्यनजर गरी राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिभिन्न गाबिसहरुमा गाबिस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जस अन्र्तगत राजमो अर्घाखाँचीको आयोजनामा जिल्लाको धारापानी,खिल्जी,नुवाकोट गाबीस र सन्धिखर्क नगरपालीका वडा नं १, २ र ७   लगाएतका स्थानहरुमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

धारापानीको  प्रशिक्षण कार्यक्रममा अतिथिको रुपमा मन्तब्य राख्दै राजमो नेता सागर केसीले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । साथै  नेता केसीले नेपाली जनता कसैको दास नभएको भन्दै सत्तामा पुगेका दलहरूले जनताको पक्षमा काम नगरेको आरोप  लगाउदै राष्ट्रिय स्वाधीनताको निम्ती अब नेपाली जनता एकजुट हुनुपर्ने मा जोड समेत दिनु भएको थियो । 

यस्तै कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय महासचिब कृष्ण केसी,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झबिलाल थापा,अखिल नेपाल युबक संघका केन्द्रिय महासचिब बाबुराम पन्थी, अखिल नेपाल बुद्धीजिबी संघका केन्द्रिय सदस्य अनिल किशोर घिमिरे, कृषी प्राबिधिक रामबहादुर थापा,अखिल नेपाल शिक्षक संघका भुपु जिल्ला अध्यक्ष कमलप्रसाद घिमिरे,शिक्षक प्रतिनिधी कुलराज भुसाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो । 

यसै अभियान अन्र्तगत  धारापानी  गाबिसमा पनि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नको लागी बाबुराम बन्जाडेको संयोजकत्वमा १४१ सदस्यीय  अभियान परीचालन समितिको गठन गरेको छ । साथै  आजै सम्पन्न कार्यक्रममा बिभिन्न पार्टी परीत्याग गरी आधा दर्जन जति ब्यक्तिहरु राजमोमा प्रबेश गरेको समेत राजमो धारापानीले जानकारी दिएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चा धारापानीका  अध्यक्ष नारायण भुसालको अध्यक्षता बाबुराम बन्जाडेको स्वागत मन्तब्य र कृष्णप्रसाद बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो । 

यस्तै जिल्लाको नुवाकोट गाबिसमा पनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा मन्तब्य राख्दै बक्ताहरुले नेपाली जनताको मतले शत्तामा पुगेका दलहरू भारतीय एजेन्ट जस्तै बनेर राष्ट्रलाई कमजोर पार्ने काममा लागेको आरोप लगाउदै राष्ट्रिय स्वाधीनताको निम्ति अब नेपाली जनता सचेत हुनुपर्ने बताएका छन् ।

 यता राष्ट्रिय जनमोर्चा नुवाकोटका अध्यक्ष चेत नारायण गैरेको अध्यक्षता ज्ञान बहादुर पाण्डेको स्वागत मन्तव्य र दल बहादुर केसी.को सन्चालनमा सम्पन्न भएको कार्यक्रममा चार नम्बर टोलि सम्योजक तथा नेकपा मसाल का जिल्ला प्रवक्ता थम्मन के.सी.,सह संयोजक गोबिन्द बि.सी., राष्ट्रिय जनमोर्चाका जिल्ला सचीव गोपाल पौडेल,राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर अध्यक्ष सिद्दी भट्टराई,कुवेत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष महेश पुन,अखिल छैठौंका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,अखिल नेपाल ट्रेड युनियन महासङ्घ अन्टुकका केन्द्रिय सदस्य दधिराम आचार्य, अनेम संघ जिल्ला कोषाध्यक्ष मिना बि.सी.,जिल्ला सदस्य लीला भुसाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य कमला गैरे,जातीय समता समाजका क्षेत्रीय सदस्य तथा जिल्ला कोषाध्यक्ष राजेन्द्र नेपाली र प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष बिनोद गैरेले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । 

सयौंको संख्यामा राष्ट्रिय जनमोर्चा नुवाकोटका नेता तथा कार्यकर्ता उपस्थित भएको भेलाले नुवाकोट गा.वि.स.मा अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई ब्यबस्थित गर्नको निम्ति चेत नारायण गैरेको संयोजकत्वमा ९ जनाको  सचिवालय सहित १ सय १ सदस्यीय परिचालन समितिको गठन गरेको छ । यस्तै अभियानकै क्रममा राष्ट्रिय जनमोर्चा खिल्जी गाबिसमा पनी गाबिस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । 

यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रल,अखिल नेपाल बुद्धीजिबी संघका केन्द्रिय सदस्य तथा अखिल छैठौंका निबर्तमान केन्द्रिय अध्यक्ष  अनिल किशोर घिमिरे,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो । अभियान अन्र्तगत  खिल्जी गाबिसमा पनि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नको लागी दोर्ण भण्डारीको संयोजकत्वमा ७१ सदस्यीय सदस्यता अभियान परीचालन समितिको निर्माण गरी अभियानका रुपमा  कार्यक्रम सन्चालन गरीने राष्ट्रिय जनमोर्चा खिल्जीले जानकारी दिएको छ ।   

कार्यक्रम राष्ट्रिय जनमोर्चाका खिल्जीका  अध्यक्ष ज्ञान बहादुर सुनारको अध्यक्षता मोतिराम चुँदालीको स्वागत मन्तब्य र थानेश्वर बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो । अभियानकै क्रममा  राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालीका वडा नं १ अर्घाखाँचीले  नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चाका  केन्द्रिय सल्लाहकार यमलाल पोख्रेलले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । 

त्यस्तै कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तब्य राख्दै राजमो नेता सागर केसीले एक बर्षे अभियानमा विश्वमा समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा भए पनि त्यसको भविष्य उज्ज्वल रहेको यथार्थ जनताका माझ पुर्याइने, देशको राष्ट्रियता र जनजीविकाका अगाडि देखापरेका समस्याका विरुद्ध सर्घष गर्न विभिन्न आन्दोलनहरू पनि सङ्गठित गरिने कुराको समेत जानकारी दिनु भएको थियो ।

 सन्धिखर्क नगरपालीका वडा नं १ मा पनि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नको लागी  कल्पना पाख्रेलको अध्यक्षतामा ५१ सदस्यीय सदस्यता अभियान परीचालन समितिको निर्माण गरीएको छ । जसको सचिबालय सदस्यहरुमा राजेन्द्र नेपाली,राधा आचार्य,मिना बिसी,शिद्धि भट्टराई रहनु भएको छ ।  

प्रशिक्षण कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी, राजमो जिल्ला उपाध्यक्ष पशुपति ढकाल,सचिबालय सदस्य गोबिन्द बिसी, नगरसमिति अध्यक्ष शिद्धी प्रसाद भट्टराई,अखिल नेपाल शिक्षक संघका पूर्ब अध्यक्ष कमल प्रसाद घिमिरे,अखिल नेपाल महिला संघकी अध्यक्ष कल्पना पोख्रल ,अखिल नेपाल किसान संघका अध्यक्ष जिबनारायण खनाल,कतार नेपाली एकता समाजका रामप्रसाद पराजुली अखिल छैठौं की बन्दना बिक,रक्तिमका शारदा नेपाली लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको  थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका सनपा १ का अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता राधा आचार्यको स्वागत मन्तब्य र मिना बिसीको सन्चालनमा सम्पन्न भएको थियो । अभियानकै शिलसिलामा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालीका वडा नं २ अर्घाखाँचीले पनी नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चाका भु.पु केन्द्रिय महासचिब एवं भु.पु सभासद सन्त बहादुर नेपालीले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । 

साथै उहाँले एक बर्षे अभियानमा विश्वमा समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा भए पनि त्यसको भविष्य उज्ज्वल रहेको यथार्थ जनताका माझ पु¥याईने, देशको राष्ट्रियता र जनजीविकाका अगाडि देखापरेका समस्याका विरुद्ध सर्घष गर्न विभिन्न आन्दोलनहरू पनि सङ्गठित गरिने कुराको समेत जानकारी दिनु भएको थियो । 

यस्तै  कार्यक्रमको दौरानमा मुख्यत पार्टीले सङ्गठन विस्तारमा ध्यान दिने , लाखौँ नयाँ सदस्यहरूलाई पार्टीमा भर्ना गर्ने,  सङ्गठनको शक्तिमा बृद्धि गर्ने साथै देशको एउटा बलियो राजनीतिक शक्ति बन्न सफल हुने र देश तथा विश्वको समाजवादी आन्दोलनमा यसले महत्वपूर्ण योगदान दिन सक्षम हुने  नेता नेपालीले कार्यकर्ता समक्ष बताउनु भएको थियो । 

यसै क्रममा सन्धिखर्क नगरपालीका वडा नं २ मा पनि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नको लागी ७ वटा टोलीको नेतृत्वमा १०५ सदस्यीय सदस्यता अभियान परीचालन समितिको निर्माण गरी अभियानका रुपमा  कार्यक्रम सन्चालन गरीने राष्ट्रिय जनमोर्चाका सनपा २ का अध्यक्ष जिबलारायण खनाले बताउनु भएको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी,राजमो जिल्ला सचिबालय सदस्य गोबिन्द बिसी,अखिल नेपाल युबक संघका जिल्ला अध्यक्ष कबिराम खनाल,राजमो सनपा १ का अध्यक्ष शिद्धी प्रसाद भट्टराई,अखिल नेपाल महिला संघकी मिना बिसी ,चन्द्र बंन्जाडे लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो । 

कार्यक्रम राष्ट्रिय जनमोर्चाका सनपा २ का अध्यक्ष जिबलारायण खनालको अध्यक्षता बिष्णु बन्जाडेको स्वागत मन्तब्य र तुल्सी खनालको सन्चालनमा सम्पन्न भएको थियो । अभियानकै दौरानमा  राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालीका वडा नं ७ नरपानीले पनी गाँउ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

अभियानमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चा मा प्रवेश गर्ने एक दर्जन कार्यकर्तालाई चार नम्बर टोलि सम्योजक तथा ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले पार्टीमा स्वागत एवम् बधाई ज्ञापन गर्नुभएको थियो । पुर्ण बहादुर चुदालीको अध्यक्षता,लोक बहादुर खत्रीको स्वागत मन्तव्य र पदम के.सी.को सन्चालनमा सम्पन्न भएको भेलाले पदम के.सी.को सम्योजकत्वमा ११ सदस्यीय सचिवालय सहित ५१ सदस्यीय अक्टोबर क्रान्तिको अभियान परिचालन समिति नरपानीको गठन गरेको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा राप्ती लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.चार नम्बर टोलि सहसंयोजक गोविन्द बि.सी, केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल,अखिल नेपाल बुद्धिजिबी संघका केन्द्रिय सदस्य अनिलकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर अध्यक्ष सिद्दी भट्टराई, अखिल छैठौंका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई ,प्रगतिशील पत्रकार संघ नेपाल का केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे, अखिल नेपाल युवक संघका जिल्ला सचिव कुलराज खनाल,जातीय समता समाजका जिल्ला सहसचीव ठाकुर पन्थी,अ.ने.म.संघकि मिना बिसी लगायतले मन्तव्य राख्नभएको थियो । यसै अभियानलाई मध्यनजर गरी राष्ट्रिय जनमोर्चा असुरको गाबिसले गाबिस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । 

यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रल,अखिल नेपाल युबक संघका संघका केन्द्रिय सदस्य कुलराज खनाल,अनेम संघकी केन्द्रिय सदस्य कल्पना पोख्रेल,जातिय समता समाजका जिल्ला सह सचिब ठाकुर पन्थी सुनार अखिल नेपाल बुद्धीजिबि संघका प्रतिनिधी कबिराज बन्जाडे,अखिल छैठोंका हिम्मत खनाल लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो । 

यसै गरी अभियानलाई मध्यनजर गरी राष्ट्रिय जनमोर्चा असुरको गाबिसले गाबिस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । 

यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रल,अखिल नेपाल युबक संघका संघका केन्द्रिय सदस्य कुलराज खनाल,अनेम संघकी केन्द्रिय सदस्य कल्पना पोख्रेल,जातिय समता समाजका जिल्ला सह सचिब ठाकुर पन्थी सुनार अखिल नेपाल बुद्धीजिबि संघका प्रतिनिधी कबिराज बन्जाडे,अखिल छैठोंका हिम्मत खनाल लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

अभियानलाई सफल पार्न असुरकोट गाबिसमा पनि शिब प्रसाद बन्जाडेको संयोजकत्वमा ९३ सदस्यीय सदस्यता अभियान परीचालन समितिको निर्माण गरी अभियानका रुपमा  कार्यक्रम सन्चालन गरीने राष्ट्रिय जनमोर्चा असुरकोट जानकारी दिएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चाका असुरकोटका अध्यक्ष शिबप्रसाद बन्जाडेकोे अध्यक्षता तुल्सीराम बेल्बासेको स्वागत मन्तब्य र हिमलाल बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो । 

“अक्टोबर क्रान्तिको झण्डालाई उचो राख्न नयाँ पीडिबाट हजारौँ क्रान्तिकारीहरूलाई पार्टीमा भर्ना गरौँ” भन्ने मूल नाराका साथ अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम जिल्ला ब्यापीरुपमा  मनाउने निर्णय यस अगीनै राजमोले सार्बजनिक गरेको थियो । कार्यक्रमको दौरानमा मुख्यत पार्टीले सङ्गठन विस्तारमा ध्यान दिने , हजारौ नयाँ सदस्यहरूलाई पार्टीमा भर्ना गर्ने,  सङ्गठनको शक्तिमा बृद्धि गर्ने साथै देशको एउटा बलियो राजनीतिक शक्ति बन्न सफल हुने र देश तथा विश्वको समाजवादी आन्दोलनमा यसले महत्वपूर्ण योगदान दिन सक्षम हुने  राजमोले बताएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!