सरकारले नागरिकहरुको पक्षमा काम गर्न सकेन: नेता नेपाली

Posted on: 18 Mar, 2017

चैत ५, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

महासचिव नेपालीले कन्चनपुर घटनामा नेपालको सिमा सुरक्षार्थ लड्दा साहदत प्राप्त गर्नुभएका गोविन्द गौतमको सवयात्रामा सरकारको सहभागिता नहुनु,नेपालको राष्ट्रिय अखण्डता माथी भारतको ठाडो प्रहारका बिरुद्ध संघर्ष गर्दा नेपाली जनतालाई गिरफ्तार गर्नु जस्ता घटनाले सरकार देश र जनताको पक्षमा उभिन नसकेको पुष्टी भएको दाबी गर्नुभयो । 

जातिय समता समाजको केन्द्रिय समितिले संचालन गरेको समता सद्भाव अभियान अन्तरगत आज सन्धिखर्कको शान्ति बगैंचामा सम्पन्न भएको जनसभालाई संबोधन गर्दै नेपालीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले स्थानिय तहको चुनावको मिति घोषणा गरेपनि सरकारको गतिबिधिलाई हेर्दा तोकीएकै मितिमा चुनाब हुनेमा आशंका ब्यक्त गर्दै चुनाव गराउन सबैले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मन्तव्य राख्दै नेपालको हरेक मामलामा भारतको रवैया बढेको र देश र जनताको हितमा काम नगर्ने हात्तिपार्टी पनि उसैको रिर्मोटमा चलेकोले देश जोगाउनको निम्ती अब नेपाली जनताले हिजोको गल्ती दोहोराउन नहुने बताउनुभयो ।

जातिय समता समाज अर्घाखाँचीका अध्यक्ष राम बसु को अध्यक्षता,चेत बहादुर बि.क.को स्वागत मन्तव्य र प्रेम नेपालीको संचालनमा संपन्न भएको कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिव नारायण खनाल, अखिल छैठौंका केन्द्रीय सदस्य गोपाल प्रसाद भट्टराई, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोखे्रल र जातिय समता समाजका राप्ती लुम्बीनी क्षेत्रिय सदस्य राजेनद्र नेपालीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुद्धारा बिबिध जनवादी गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!