संसददेखि स्थानीय तहसम्म एमालेलाई लडाउने काँग्रेस माओवादीको यस्तो डिजाइन

Posted on: 23 Mar, 2017

चैत १०, पर्बत  नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले माथिल्लो तहदेखि तल्लो तहसम्म एमालेलाई पराजय बनाउनको लागि रणनीति बनाउने भएका छन् । 

सरकारमा साझेदार रहेको काँग्रेस र माओवादी केन्द्रले आगमी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी नयाँ डिजाइनमा जाने भएका छन् । एमालले प्रदेश ५ को सिमांकनको विषयलाई आफै सहमति टुक्राएर सत्ता साझेदार विरुद्ध अफवाह फैलाउँदै हिडेपछि काँग्रेस र माओवादी केन्द्रले आगमी हुन लागेका तीन तहका चुनावका एकैसाथ जनतामाझ जाने र एमालेको ठोगि राष्ट्रबादको फर्दाफाँस गर्ने भएका छन् । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले गरेको घात र मधेसी नागरिकको अधिकारमाथिको एमालेको अत्यचारको बारेमा पटकपटक आफ्नो पार्टीका कार्यकर्तालाई जनतामाझ पु¥याउनको लागि निर्देशन दिइरहेको बेलामा माओवादी केन्द्रले पनि सोही कुरा जनता माझ लैजाने भएको छ । 

अधिकार सम्पन्न नागरिक बनाउने अभियानमा एमालले देखाएको हात्तीको नक्कली दाँतले देशमा विकराल स्थीति आउने खतरा कायम भैराखेको भन्दै अब जनताविभ काँग्रेसले जाने निर्णय गरेसँगै माओवादी केन्द्र पनि सोही अभियानमा लाग्ने भएको छ । 

संयुक्त सरकार बनाएका काँग्रेस र माओवादीले स्थानीय तहदेखि प्रदेश र संसदीय चुनावसम्म एमालेलाई परास्त बनाउनको लागि र देशलाई समस्या ग्रस्त गराउने खोज्ने योजनाको भण्डाफोर गर्ने भएका छन् । 

एक नेताका अनुसार यो अभियानले एमालेको कथित राष्ट्रबाद र ढोगि राजनीतिको पर्दाफाँस हुने बताए ।

बाहिर राम राम भन्दै बगलीमा छुरा छाम्ने ओली प्रबृतिले देशलाई द्वन्द्वतर्फ उन्मुख गराउन खोजेको र उनका सार्वजनिक भाषण देशलाई अस्थीरता र राजनीतिक दलहरुविच सहमति भाँड्ने खालका भएको भन्दै अब त्यसको भण्डाफोर गर्ने बताए ।

काँग्रेसले यहि महिनाको तेस्रो साता देखि जागरण अभियान चलाउने भएको छ । स्थानीय तहदेखि संसदसम्म एमालेलाई परास्त गराउनको लागि काँग्रेस र माओवादीको गठबन्धन जाग्ने भएको छ ।

एमाले अध्यक्ष ओलीले चारैतिरबाट आफूहरुलाई घेराउ गर्ने अभियानको भय भएको यो भन्दा पहिले सार्वजानिक कार्यक्रममा भनेका थिए । अब यो बास्तविक हुने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!