सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण

Posted on: 24 Mar, 2017

चैत ११, सुनसरी । स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा एकसय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो । चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुनसक्ने स्थानको अध्ययन गरी निगरानी र सतर्कता बढाउने सन्दर्भमा समेत कार्यालय गम्भीर रहेको कार्यालयले जनाएको छ । 

कार्यालयले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा एकसय ६५ मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!