आफ्नै गाँउमा कांग्रेस सभापतिलाई कालोझण्डा

Posted on: 25 Mar, 2017

डडेल्धुरा १२ चैत्र - नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई शुक्रबार बेलुकी पौनेसात बजेतिर आफ्नै गाँउमा कालोझण्डा देखाईएको छ । 

गन्यापधुरा गाँउपालिका २ को बडाल  बजारमा स्थानिय युवाको समुहले गाडीभित्र रहेका मल्ललाई कालोझण्डा देखाएको जनाएको छ  । गन्यापधुरा गाँउपालिकाको कैलपालमाण्डौमा आयोजना गरिएको पार्टीको चुनावी सभाबाट फर्किने क्रममा सभापति मल्ललाई आफ्नै गाँउका पार्टी कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।  चुनाव आएपछि गाँउमा पुगेर युवाहरुलाई झुटा आश्वासन मात्रै दिने र राजनितिको नाममा फोहोरी गतिविधी गर्ने गरेको भन्दै स्थानिय युवाहरुले कालोझण्डा देखाएको प्रत्यक्षदर्शी गन्यापधुरा गाँउपालिका वडा नं. २ का स्थानिय युवा त्रिपुरारी मल्लले जानकारी दिएका छन् ।  बेलुकीपख करिब २० जनाको संख्यामा रहेका युवाहरुको समुहले मल्ललाई कालोझण्डा देखाएको सोही ठाँउका हिक्मत मालीले बताए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!